पूर्वराजा शाहद्वारा शिवनगरको महादेव मन्दिर दर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-रौशनकुमार चौधरी

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले शिवनगरको महादेव मंदिरमा दर्शन गर्नु भएको छ । शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गर्नुभयो ।

दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो गरी पूर्व राजा शाह शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुग्नुभएको थियो। सो क्रममा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमालाले स्वागत गरेका थिए।

दिउँसो ३ बजेको समयमा पूर्व राजा शाहले गरुडा नगरपालिका–५ शिवनगरमा रहेको महादेव मन्दिरमा करिव १० मिनेट पूजाआजा गर्नुभयो ।

शिवनगर चोकदेखि मन्दिरसम्म बाटोको दुबैतर्फ बसेका समर्थकहरुले उहाँलाई फूलमाला दिएर स्वागत गरेका थिए । पूर्व राजा शाह शिवनगर आउने वित्तिकै उहाँका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए ।

ADVERTISEMENT

धेरै वर्षपछि मन्दिरमा पूजा गर्न रौतहट आएका पूर्व राजा शाहलाई हेर्न र स्वागत गर्न टाढा टाढाबाट मानिसहरुको ठुलो भिड ओर्लिएको थियो ।

उहाँलाई हेर्न हजारौंको संख्यामा मानिसहरु शिवनगर पुगेका थिए । सो भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

मंगलवार विहानैदेखि शिवनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उहाँको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको थियो ।

आयोजक राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले शिवनगर मन्दिरको छेउमा तयार पारेको स्वागत गेटमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेखेको ब्यानर झुण्डयाइएको थियो । प्रहरीले सो ब्यानर हटाउन वा छोप्न खोज्दा पूर्व राजा शाहका समर्थकहरुले विरोध गरेपछि केहिबेर शिवनगरको अवस्था तनावग्रस्त बनेको थियो ।

पूर्वराजाका समर्थकहरुले विरोध गरेपछि प्रहरी आफ्नो अडानबाट पछि हटेको थियो। राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले पूर्व राजा शाहले पूजापाठ गर्नेदेखि लिएर अन्य सम्पूर्ण कामको व्यवस्थापन गरेको जिल्ला अध्यक्ष रामबाबु शाह तेलीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?