माले। पछिल्लो समय भारत र माल्दिभ्सबीच तनाव बढ्दै गइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको हो ।
यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्टपति मोहम्मद मुइज्जु पराम्परा तोडदै चीनको भ्रमण गए लगत्तै भारतीय प्रधानमन्त्री मोदी पनि लक्ष्यदिप टापुमा भ्रमण गरेर सामाजिक सञ्जालमा राखे पछि दुइ देश बिचको तनाव थप बढेको हो ।
यस अवस्थामा माल्दिभ्सका राष्ट्रपति मुइज्जुको चीन भ्रमण सकेर फर्के पछि भारत सबन्धित पहिलो प्रतिक्रिया दिदैँ उनले अप्रत्यक्ष रुपमा भारतको आलोचना गर्नुभएकाे छ।
हिन्दुस्तान टाइम्सका अनुसार चीनको ५ दिने भ्रमण पूरा गरी माल्दिभ्स फर्किएका माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पत्रकार सम्मेलनमा भन्नु भयाे, ‘हामी साना भए पनि धम्की दिने इजाजत कसैलाइ दिइएको छैन् ।’
शीर्ष चिनियाँ नेताहरूसँग मुइज्जुको वार्ता पछि संयुक्त वक्तव्य पनि जारी गरिएको थियो। यसमा भनिएको छ, ‘दुवै पक्ष आफ्नो मूल हितको रक्षा गर्न एकअर्कालाई कडा समर्थन जारी राख्न सहमत छन्।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts