धादिङको तीन स्थानीय तहका ३२ बालबालिकामा मध्यम कुपोषण

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको १३ वटा स्थानीय तह मध्ये ३ स्थानीय तहका ३२ जना बालबालिकालाई मध्यम कुपोषण देखिएको छ । जस अनुसार उत्तरी धादिङको तीन पालिकाका ३२ जना बालबालिकामा मध्यम कुपोषण देखिएको हो । तीन पालिकाका १ हजार १ सय जना बालबालिकाको पोषण लेखाजोखा गरिएकोमा ३२ जनामा मध्यम कुपोषण देखिएको छ ।

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) नामक गैरसरकारी संस्थाले जर्मन सरकारको बिएमजेड र डब्लुएचएचको सहयोगमा संचालन गरेको मध्यम कुपोषित बालबालिकाहरुका लागि पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रममा ३२ जनामा मध्यम किसिमको कुपोषण देखिएको लिबर्डका पोषण अधिकृत राजेश पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खनियाबास गाउँपालिकामा ८ जना, गंगाजमुना गाउँपालिकामा ७ जना र रुवीभ्याली गाउँपालिकामा १७ जना रहेका छन् । लिबर्डले खानेकुरा तथा आनिबानी र व्यहारमामा सकारात्मक परिवर्तन गराई कुपोषित बच्चालाई पोषण तथा पुनस्थापना शिक्षा दिन सुरु गरेको छ । कुपोषित बालबालिकाहरुका लागि पोषण शिक्षा तथा पुनरस्थापना कार्यक्रममा मध्यम किसिमको ५ जना बालबालिका र अभिभावकहरुलाई कुपोषणबारे जानकारी गराउदै पोषिलो खानेकुरा खुवाएको पोषण सहजकर्ता शोभा तामाङले बताउनुभयो ।

ADVERTISEMENT

सकारात्मक भिन्न व्यवहार बारे अभिभावकलाई जानकारि दिने, जंकफुड नखाने नखुवाउने र घरबारीमा भएका पोषिलो खानेकुरा कसरी पकाए कसरी खाने भन्ने बारे कुपोशित बालबालिकाहरुका लागि पोषण शिक्षा तथा पुनरस्थापना कार्यक्रममा पोषण शिक्षा दिएपछि अभिभावकले सिकेको कुरा घरमा लागू गर्ने लिबर्डका पोषण अधिकृत पोखरेलले बताउनुभयो ।

गरिव बालबालिकामात्र कुपोषण पर्ने नभई हाम्रा बानी व्यवहार, स्याहार सुसार, खानपान, र बुझाईमा कमिकाले पनि बालबालिका कुपोषण हुने गर्दछ ।हाम्रो खानेकुरा मिलायर नखाने, बढि मात्रामा जंकफुड खाने, सरसफाइमा ध्यान नदिने, फलफुल गेडागुडी स्थानिय अन्न नखाने, बालबालिकालाई पटक पटक खाना नखुवाउने, नियमित खोप नलगाउने आदी बानी कारणले बालबालिका कुपोषणमा पर्ने गरेको पाईएको छ ।

खाना नपुगेर, खानेकुरा मिलाएर नखाएर, असल खानपानका व्यवहार नगरेर, पोषणयुक्त खानेकुरालाई अन्धविश्वासका कारण खान हुन्न गलत धारणा राखेर, बजारिया खानेकुराको बढी प्रयोग गरेर कुपोषणमा बालबालिका पर्ने गरेकोले सकारात्मक भिन्न व्यवहार अपनाउन डब्लुएचएचका कल्पना भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज