बाढी पहिरोबाट प्रभावित भएको १ वर्ष पछि हिगोटि गाउँका जनताले पाए राहत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगुको एक गाउँका जनताले बाढी प्रभावित भएको १ वर्ष पछि राहत पाएका छन् ।

जिल्लाको पश्चिम दिशामा अवस्थित खत्याड गाउँपालिका-४ हिगोटी गाउँका स्थानियहरुले बाढी पहिरोबाट प्रभावित भएको १ वर्षपछी गैर सरकारी क्षेत्रको सहयोगबाट राहत पाएका हुन् ।

गत वर्ष असोज १७ गते देखि २३ गतेसम्म परेको पानीले बाढी र पहिरो आउँदा खेतगरामा पाकेको वालीका साथै खेतगरा बगाएर लग्दा हिगोटिका स्थानिय प्रभावित भएका थिए ।

खत्याड गाउँपालिका कै विकट, गरिबी र पछाडी परेका दलित समुदायको बसोबास रहेको यो गाउँमा आजसम्म कोहि कसैले राहत उपलब्ध गराएका थिएनन् ।

स्थानिय विर्ष सार्की भन्नुहुन्छ, 'हाम्रो गाउँ गाउँपालिका केन्द्र भन्दा ४ घण्टा पैदल उकालो दुरिमा पर्छ । बाढी पहिरोबाट जग्गा,अन्नवाली बगाएको सबैलाई थाहा थियो । सरकारी मान्छे आएर नाम, परिवार टिपेर लगे तर राहत लिएर आएनन् । तल तल सडक नजिककालाई राहत बाँडे कि हामिलाई दलित भनी वास्ता गरेनन् कि उकालो चड्न अल्छी माने ।'

ADVERTISEMENT

हिगोटी गाउँका स्थानियहरुले आफुलाई आजसम्म कसैले राहत नदिएको र घरमा परिवार पाल्न समस्या भएपछी प्राय घरबाट काम गरि कमाउन भारत गएको खबर पाएपछी केही व्यक्तिगत र सहयोगीहरुको लगानिमा हिगोटी गाउँका १३२ परिवारलाई आफ्नो टोलीले हालै राहत स्वरुप प्रती घर ३० केजि चामल र तेल उपलब्ध गराएको हामी नेपाल संस्थाका अध्यक्ष अनिल बानियाँले जानकारि गराउनु भयो ।

बाढी प्रभावित त्यसमा पनि गरिव दलित समुदाय रहेको सिंगाे गाउँसम्म १ वर्ष वितिसक्दा पनि सरकारी निकायबाट राहत नपुग्नु भनेको दुखद् कुरा भएकाे बताउँदै अध्यक्ष बानियाँले भन्नुभयो, 'बाढिबाट प्रभावित गाउँलेलाई मलम पट्टि लगाउन खाद्यान्न सहयोग गर्‍याैं । गाउँमा गरिवीका कारण प्रायः बालबालिका, जेष्ठ नागरिक र महिलाहरु न्यानो कपडा नहुँदा चिसोले पनि प्रभावित भएको पायौं । दाता खोजेर सबै घरधुरिलाइ पुग्ने गरि न्यानो कपडा पनि उपलब्ध गराउने सोच बनाएका छौं, हेरौ के गर्न सकिन्छ ।'

तीन सन्तानकी आमा काखमा दुधे छोरा चन्द्रे राज सार्किलाई बोकी राहतमा पाएको चामल लिदै गरेकी माया सार्किले भन्नुभयो, 'गत वर्ष बाढी पहिरोले अन्नबाली, खेत, गरा सबै बगायो । एक त हामी दलितकाे जग्गा नै हुदैन भएको थोरै जमिन पनि केही बाढी बगायो केही पहिरोले छोप्यो । अझै जग्गा बनाउन सकिएको छैन । अर्काको काम गर्दै आजसम्म पालिएका छौ । वर्ष दिन वित्यो राहतका नाममा आज चामल तेल पायौं । सरकारले हामिलाई देखे न कि ? दलित भनेर वास्ता गरेन । खेतीपाती छैन, लोग्ने भारत गैसके बालबच्चा कसरी पाल्ने घर कसरि चलाउने चिन्ता लाग्ने गरेको छ ।'

सरकारी तवरबाट राहत नपाए पनि निजी तवरबाट हामी नेपालका अध्यक्ष अनिल बानियाँको पहलमा राहत पाएपछी हिगोटी गाउँका स्थानियहरु खुशी भएका छन् ।

अनिल बानियाँ उमेरले २७ वर्षे युवा हुनुहुन्छ । उहाँ युवा उमेर मै समाज सेवामा सक्रिय रहनुभएकाे छ । देशका विभिन्न जिल्लामा विपतमा परेका जनतालाई केही न केही राहत लिएर पुग्दै आउनुभएका अनिलले एक हप्ता अघि मात्र खत्याड गाउँपालिकामा रहेका सामुदाहिक विद्यालयमा अध्ययनरत १ हजार बढी विद्यार्थीलाई न्यानो कपडा ज्याकेट र महिला विद्यार्थीलाई सेनेटरी प्याडसमेत सहयोग गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *