सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पनि पीडितलाई भराउन आदेश गरेको छ ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।

अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

ADVERTISEMENT

६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

पुस १३ गते अदालते उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।

पक्ष र विपक्षको बयान,साक्षीका बयान र घटना विवरण,सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गइ पुन : काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ। एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको अदालतको ठहर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *