समावेशी उम्मेदवार नभएको भन्दै राष्ट्रिय सभामा मत नहाल्ने गाउँपालिका अध्यक्ष शेर्पाको संकेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-विजय नेपाल

सिन्धुपाल्चोक । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गर्दा समावेशीतालाई ख्याल नगरेको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मत नहाल्ने संकेत गर्नुभएको छ । ।

देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीले नै धेरै जनसंख्या रहेको मधेसी, तामाङ , गुरुङ , शेर्पा , राई, मगर लगायतका समुदायबाट उम्मेदवारी छनौट नगरेको भन्दै शेर्पाले मत नहाल्ने संकेत गर्नुभएको हो ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै अध्यक्ष शेर्पाले आफुले किन मत हाल्ने भन्दै पार्टी नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।

आसन्न राष्ट्रिय सभा निर्वाचनका लागी छनोट हुनुभएका सम्पुर्ण उम्मेदवार हरुलाई बधाई छ । तर पार्टीले छनोट गर्दा समावेशीतालाई ख्याल गरेको देखिएन । देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीले समेत धेरै जनसंख्या रहेको मधेसी,तामाङ,गुरुङ,शेर्पा राइ, मगर लगायत अल्पसंख्यक समुदायको एकजना पनि प्रतिनिधित्व नगरेकोप्रती मेरो असन्तुष्टि छ । यस्ता क्रियाकलाप र निर्णयले पार्टी लाई राम्रो सन्देश जादैन । त्यहीँ कारणले यी समुदायका जनप्रतिनिधि हरुले तपाईंहरुलाई सधैं किन भोट हालिरहन पर्ने ? शेर्पाले लेख्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज