राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

सोमबार प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्।

एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौंलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन्।

ADVERTISEMENT

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी बागमती प्रदेशबाट कुल ३४७ जना मतदाताले मतदान गर्ने छन्। जसमा प्रदेश सभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २३७ जना रहेका छन्।

प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ छ। जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज