नृपेन्द्र बहादुर मल्ल
मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाँउपालिकामा रहेका नौ विद्यालयका १ हजार ६ सय विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो ज्याकेट बितरण गरिएको छ ।
खत्याड गाँउपालिकामा रहेका चार माध्यमिक र पाँच आधारभुत विद्यालयका १ हजार ६ सय ९ जना विद्यार्थीहरुलाई सोवरस् नेपालले चिसोमा लगाउने न्यानो ज्याकेट बितरण गरेको हो ।
गाँउपालिकामा रहेको लोक प्रिय मावि गम्था ५३०, जनजागरण मावि सेरीका ३३०, रारा आधारभुत रोल १२१, बाल ज्योति श्रीकोट ५५, सरस्वति मावि रिखीया १६०, महादेव मावि ह्यागुलु २०३, सरस्वती आधारभुत विद्यालय आव २७, सुमामाई आधारभुत विद्यालय डाडिया ५६ र आधारभुत विद्यालय खर्कका १२७ गरी १ हजार ६ सय ९ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको काठमाडौंबाट सम्बन्धित स्थानसम्म ढुवानी गरी स्थानिय ब्यवस्थापन गर्ने हामी नेपालीका जिल्ला संयोजक अनिल बानियाले जानकारी दिनुभयो ।
संयोजक बानियाँका अनुसार सोवरस् नेपालले कुल ४५ लाखमा १ हजार ६ सय ज्याकेट खरिद गरेको हो । हामी नेपालले ६ सय छात्रालाई प्रति ब्यक्ति ६ पिसका दरले स्यानेटरी प्याड समेत वितरण गरेको पनि जानकारी दिनुभयो ।
सोवरस् नेपालका संयोजक रोजी राणाकाअनुसार विद्यार्थीहरुका लागी न्यानो ज्याकेट खरिद गर्न र यहाँ सम्म पुराउन कुनै गैर सरकारी संस्था र सरकारी निकायको रकम नभई सोवरस् नेपाल कै आफ्नै रकममा ज्याकेट खरिद गरि वितरण गरिएको हो । यो अभियान कुनै राजनितिक आस्था र कुनै ब्यपारिक स्वार्थ नभई स्वतस्फुर्त सामाजिक सेवाको भावना र चिसोकै कारण कुनै पनि विद्यार्थी पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो ज्याकेट बितरण गरिएकाे संयोजक राणाले बताउनु भयो ।
कक्षा कोठामा दिनभर बस्दा चिसोले धेरै विद्यार्थीहरु विद्यालय नियमित आउदैनन् । चिसो कै कारण कति बालबालिका विरामी भै मृत्युवरण भैरहेका छन् । सबैको घरमा ज्याकेट किनेर विद्यालय पठाउने आर्थिक अवस्था हुदैन । निःशुल्क सबै विद्यार्थीले ज्याकेट पाएपछि ज्याकेट नभएकै कारण विद्यालय नआउने साथीहरुका लागि नियमित विद्यालय आउने वातावरण मिलेको लोक प्रिय मावि गम्थाका विद्यार्थी अनील थापाले बताउनु भयो ।
न्यानो कपडाका ढुवानी तथा स्थानिय व्यवस्थापन आफ्नै व्यक्तिगत खर्चबाट गरेका युवा समाजसेवी अनिल बानियाँ मुगुमा प्राकृतिक होस या मानविय विपत् तथा प्रकोप पर्दा पीडितलाई केहि न केहि मल्हम पट्टी लगाउन पुग्ने गर्नुहुन्छ । उहाँले कोरोना काल होस या बाढी पहिरो पिडित, दुर्घटना होस या आगलागी, चिसो होस या गरिवता सबै दुःखमा परेका मुगालीलाई आवश्यकता अनुसारको राहत सहयोग गर्दै आउनु भएको छ । दुःखमा परेका आमा बुवा, दाजुभाई दिदिवहिनी सबैको दुःखमा मल्हम लगाई उहाँहरुको मुहारमा खुशी पाउँदा आफुलाई सबै सुख पाएको अनुभुती हुने गरेको उहाँले बताउनु भयो ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका