हेटौंडामा दुईदिने महिला उद्यमी सम्मेलन

Read Time = 2 mins

श्रीराम अर्जुन/हिटा
हेटौंडा । हेटौंडामा प्रदेशस्तरीय दुईदिने महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको होे । सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा प्रदेशका महिलाले घरेलु तथा साना उद्योग व्यवसाय गरी उत्पादन गरेका वस्तु उपजको प्रदर्शनीसमेत गरिएको छ ।

महिलाद्वारा सञ्चालित लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि सम्मेलन आयोजना गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उत्पादन, सेवा विस्तार, गुणस्तर सुधार र नयाँ वस्तुको बजारीकरणमा थप योगदान पु¥याउन सम्मेलन आयोजना गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रदेश सरकारले उद्यमीलाई थप तालिम तथा सीप विकासका लागि १५ करोड रकम बजेटमा छुट्याएको छ । सम्मेलन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको सभाध्यक्षमा भएको थियो । सम्मेलनमा राज्यमन्त्री रजनी अमात्य जोन्छे, घरेलु तथा साना व्यवसायी महासंघ केद्रीय निवर्तमान अध्यक्ष सुवासप्रसाद गिरी, महासंघको महिला उद्यमीकी केन्द्रीय अध्यक्ष रोशनी उपाध्याय, महासंघको बागमती प्रदेशका कार्यबाहक अध्यक्ष तानानाथ चौलागाईं, घरेलु तथा साना कार्यालय मकवानपुरका प्रमुख टिका शर्मा, महासंघ जिल्ला अध्यक्ष गणेशहरि उप्रेतीलगायतको उपस्थिति रहेको थियो । ५० स्टलमा हस्तकला, कपडा, बुटिक, डल कुसन, खाद्य पदार्थ, पोते, मालालगायतका वस्तु प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?