कालीकोट । कर्णाली जेसीज कालीकोट वर्ष २०२४ को अध्यक्षमा गणेशमान पाण्डेलाई निर्वाचित गर्दै शाखाको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सदरमुकाम मान्ममा रहेको होटेल कोटदरबारमा शनिबारदेखि सुरु भएको अधिवेशनले गणेशमान पाण्डेलाई निर्वाचित गर्दै आइतबार सम्पन्न भएको हो ।
कर्णाली जेसीस कालीकोट शाखा वर्ष २०२३ का अध्यक्ष जेसी हरिप्रसाद पाण्डेको अध्यक्षता, कर्णाली जेसीज वर्ष २०२० का अध्यक्ष सविनकुमार बिष्ट, वर्ष २०२१ का अध्यक्ष जेसी लक्ष्मणकुमार शाही लगायतको उपस्थितमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने गरी अशिवेशन सम्पन्न गरिएको जनाइएको छ ।
अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा जेसी पवन आचार्य र जेसी दक्षिणा शाहीलाई निर्वाचत गरेको छ भने चारजना उपाध्यक्ष किरण अधिकारी, जीवनराज देशकोटा, कोपीला शाही र लालुप्रसाद जैसीलाई चयन गरेको छ ।
साथै महासचिवमा खगेन्द्र पाण्डे र कोषाध्यक्षमा सितला सञ्ज्याल सर्वसम्वत हुनु भएको छ भने कानूनी सल्लाहकारमा जितेन्द्रप्रताप मल्ल (जिवां), सचिवमा लक्ष्मी खड्का र सहसचिवमा प्रभुराम पाण्डे निर्वाचित भएको निर्वाचित उपाध्यक्ष किरण अधिकारीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले समग्र कर्णालीका युवाहरुको एकताको थलो बनाउने तथा सामाजिक कु–संस्कारहरुको अन्त्यका लागि पहल गर्ने हिमालय टाइम्सलाई बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts