दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । लामो समयदेखि व्यवसाय एवं विद्यार्थी राजनितिमा होमिदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका-१ का खेम खड्काले सानोमा आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ मा रहेका दुई वटा भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतिराम आधारभूत विद्यालय देउखुरीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री राजनितीकर्मी खड्काले सहयोग गर्नुभएको हो ।

खड्काले आफ्नै व्यक्तिगत खर्चमा यी दुईवटा विद्यालयका दुई सय ६० जना विद्यार्थीलाई प्रतिविद्यार्थी कापी, कलम, पेन्सिल, इलेजरलगायतका शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । विद्यालयलाई खेलकुद सामग्री चेस, लुडोलगायतका सामग्री हस्तान्तरण गरेको भानुभक्त आभारभूत विद्यालयका प्रधानध्यापक पूर्ण बुढाले बताउनुभयो । खड्काको सहयोगले विद्यार्थीलाई राहत मिलेको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

राजनितीकर्मी तथा युवा व्यवसायी खड्काले कक्षा चारसम्म गाउँमै रहेको विद्यालयमा अध्ययन गरेर त्यसपछि शहर केन्द्रित भएर अध्ययन गरेको बताउनुभयो । खड्काले भन्नुभयो, “मेरो सानो सहयोगले विद्यार्थीलाई थप उर्जा मिल्नेछ । हामीले सानो छँदा गाउँमै रहेको विद्यालयमा पढ्छौ पछि उच्च शिक्षाका लागि जिल्लाबाहिर जाँदा विर्सन्छौ ।” खड्काले थप्नुभयो, गाउँमा सबैले कापी,कलम किन्न सक्ने अवस्था छैन्, यो मेरो सानो सहयोगले गरिब, दुखी,विधवा महिलाका घरपरिवारका बालबालिकालाई राहत मिलेको छ ।”

ADVERTISEMENT

जिल्ला बाहिर काठमाडाैंमा रहेर व्यवसाय गरे पनि गाउँघरप्रति माया देखाएको भन्दै खार्पुनाथ गाउँपालिका-१ का वडाध्यक्ष जयबहादुर शाहीले खड्काको प्रशंसा समेत गर्नुभएको थियो । अझै गाउँघरको माया र सहयोगका लागि आशावादी रहेको वडाध्यक्ष शाहीको भनाई थियो ।

युवा व्यवसायीसमेत रहनु भएका खड्का नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ हुम्लाको नेता हुनुहुन्छ । उहाँले यी दुई वटा विद्यालयमा करिब रु पचास हजार बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *