काठमाडौं । स्व.राजा वीरेन्द्र शाहको ७९औं जन्मजयन्ती मनाइएको छ ।
राजा शाहको ७९ औं जन्मजयन्तीको अवसर पारेर शनिवार ललितपुरको जावलाखेलमा रहेको उहाँको शालिकमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरेका हुन् । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा राजा वीरेन्द्रको सम्पती नेपाल सरकारको मातहतमा रहेकाले सरकारले नै उहाँको जन्मजयन्ति मनाउनुपर्ने जिकिर गरेका छन् । नेपाल ट्रष्टको नाममा राजा वीरेन्द्र र उहाँको परिवारको सम्पती रहेकाले उसरकारले उहाँको जन्मजयन्ति मनाउनुपर्ने माग गर्नुपरेको योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले बताउनु भयो ।
उहाँले भन्नुभयो‘नेपाल ट्रष्टले वीरेन्द्रको सम्पती लुटेर खाने काम गरिराखेको छ । यो अत्यन्तै निन्दनीय कार्य हो । विरेन्द्रको त्यो सम्पती न श्रुतिका छोरीहरुले पाए । न त्यसको हकदार ज्ञानेन्द्र शाहले पाए । यसरी नेपाल ट्रष्टको दुरुपयोग भएको छ । वीरेन्द्र–ऐश्वर्यको जन्मजयन्तिमा नेपाल ट्रष्टले एउटा माला समेत चढाउँदैन । त्यसमा पनि हामी आपत्ति प्रकट गर्दछौं । नेपाल ट्रष्टको निन्दा गर्दछौं । नेपाल ट्रष्ट सरकारले राजा वीरेन्द्रको सम्पत्ति लुटीखाने एउटा कम्पनीको रुपमा खडा गरेर ५ हजार भन्दा बढी रोपनी जग्गाहरु आफैँले दुरुपयोग गरेको देखिन्छ । त्यसैले नेपाल ट्रष्टले नै वीरेन्द्रको जन्मजयन्ति मनाओस् भन्ने हामी आग्रह गर्दछौं । ’
कार्यक्रममा स्व. राजा शाहको देशभक्तिको भावना, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पु¥याएको योगदानलगायतको पनि कार्यक्रममा स्मरण गरिएको थियो । विक्रम सम्वत २००२ साल पौष १४ गते अर्थात आजैकै दिन स्व.राजा वीरेन्द्रको जन्म भएको थियो । उहाँ र उहाँको परिवारको वंश विनाश २०५८ साल जेठ १९ गते भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts