भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । संखुवासभाको मकालु गाउँपालिका वडा ५ मा भिरबाट ट्याक्टर खस्दा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

संखुवासभा प्रहरीका अनुसार को २ त ८२३९ नम्बरको ट्याक्टर मकालु( १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा भिरबाट करिव ३५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

ADVERTISEMENT

दुर्घटनामा परी चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरीको टोली गएर आवश्यक कानुनी प्रकृया पश्चात शव पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज