गुल्मी । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
यस नगरपालिकाको वडा नम्बर–१४, पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सवको अवसरमा सुविधा सम्पन्न नवनिर्मित चार कोठे भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले समुन्नति आधार तय गर्ने प्रमुख सुचकांक शिक्षा भएको बताउनुभएको हो ।
नगरप्रमुख पन्थीले नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउनुभयो । शिक्षामा नगरपालिकाले कुनै कमी नराख्ने भन्दै शिक्षालाई प्रमुख प्राथमिकता राखेको उल्लेख गर्नुभयो । गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने बताउनुभयो ।
यस विद्यालयमा निर्मित नयाँ भवनबाट पठनपाठनका लागि निकै सहज हुने बताउनुभयो । नगरपालिकाभित्रकै भौगोलिक रूपमा दुर्गम वडामा रहेको यस विद्यालयले गरेका शैक्षिक गतिविधिहरुको नगरप्रमुख पन्थीले निकै प्रसंशा गर्नुभयो । अहिलेको आवश्यकता अनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै पठनपाठनलाई पनि सहजता ल्याउने बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रुपियाँ लागतमा उपभोक्ता समितिमार्फत निर्माण भएको यस विद्यालय भवनको शिलान्यास गत वर्षको फागुन महिनामा नगरप्रमुख खिलध्वज पन्थीले नै गर्नुभएको हो । भवन निर्माण कार्यका लागि स्थानीय सुरेश पेमीले एक लाख रुपियाँ र स्थानीय शालिकराम पोखरेलले अपुग जग्गा सहयोग गर्नुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी हाल जापानमा रहनुभएका नारायण पोखरेलले स्व. बुवा चिन्तामणि पोखरेललेको स्मृतिमा एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभयो । स्थानीय झविन्द्र विश्वकर्माले स्व।बुवा छविलाल विश्वकर्मा र स्व।आमा चन्द्रकला विश्वकर्माको स्मृतिमा २५ हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभयो ।
हाल नेपालगञ्ज बाँकेमा रहनुभएका लक्ष्मीदेवीले ५१ हजार १०५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभयो । उहाँले आफ्नो माइति गाउँको विद्यालयले भनेर अक्षयकोष स्थापना गरेको बताउनुभयो । त्यसअवसरमा सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य, वडाअध्यक्ष धनबहादुर पुन, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी, पूर्व प्रधानाध्यापक ऋषिराम पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts