भोजपुर । सकारात्मक कार्यका लागि सहकार्य नामक संस्थाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गर्ने निर्णय गरेको छ ।
बिभिन्न क्रियाकलापहरुमा सक्रिय रहँदै आएको संस्थाले जिल्लाको रामप्रसाद राई गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई समेटेर अतिरिक्त क्रियाकलाप संचालन गर्न लागेको संस्थाका अध्यक्ष घमचन्द्र दाहालले बताउनुभयो ।
आगामी पौष १२ र १३ गते पालिका भित्रका विद्यालयहरु समेटेर कक्षा एक देखि तीनसम्ममा एकल नृत्य, कक्षा चार र पाँचमा हिसाव दौड, कक्षा छ देखि आठसम्म सफल र असल जीवनका लागि शिक्षा बिषय बक्तृत्वकला र कक्षा नौ देखि १२ सम्मका लागि भष्ट्राचार निवारण अभियानमा युवाको भूमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
आठ वटा वडा रहेको पालिकामा एक देखि चारसम्मका वडाका बिद्यालयहरुको प्रतियोगिता पौष १२ र पाँच देखि आठसम्मका वडाहरुका रहेका बिद्यालयहरुको प्रतियोगिता पौष १३ मा संचालन हुने छ ।
कार्यक्रम संचालनका लागि गाउँपालिकासँग संस्थाले मागेको अनुमति पाएपछि बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप हुन लागेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts