नेपाली चलचित्र उद्योगले पाँच दशकको यात्रा गरिसक्दा चलचित्रभित्रका खोला-नाला र भँगालाहरू अनेकन छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन-२०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट आजसम्म आउँदा अझै व्यावसायिक बन्न नसकेको हो कि भन्ने यदाकदा सुन्ने गरिन्छ । सरकारी लगानीमा निर्मित चलचित्र ‘आमा’ निर्माण हुनुअगावै २०१८ सालमा निजी लगानीमा निर्माण थालिएको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ भन्दा पछाडि मात्र सार्वजनिक भयो । नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’लाई मानिन्छ, जुन नेपालीमा पनि डबिङ गरेर सार्वजनिक गरिएको थियो ।
‘आमा’देखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढावहरू आएको पाइन्छ । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रहरूको पनि त्यत्तिकै महत्व राख्दछन् । तथापि, मूलधारको आफ्नै प्रकारको महत्व रहेको छ । नेपाली चलचित्र ब्लायक एण्ड हाइटदेखि आजको डिजिटल युगसम्म आइपुग्दा विभिन्न कलाकार प्राविधिकहरूले आफ्नो जीवन व्यतित गरिसकेका छन् । यो क्षेत्र धेरैको रहर भए पनि अहिले पेशा, व्यवसाय वा आजीविका बनेको छ । अहिले पढेलेखेका, साक्षर वा वौद्धिक वर्गले पनि यो क्षेत्रलाई अँगालेका छन् । हिजो आज नवोदितहरूको चर्चा-परिचर्चा र वर्चश्व देखिन थालेको छ ।
यो समयको मागमात्र होइन, साथ पनि हो । नवकलाकारको सघन उपस्थिति सिर्जनाले वर्तमान नेपाली चलचित्रको उत्ताप, उचाइ उदात्त छ । नेपाली चलचित्रको आकाश जति फराकिलो हुँदै छ यसमा हमला पनि त्यत्तिकै । विभिन्न क्षेत्रको नक्कल भित्र्याउन पनि उदत्त देखिएको पाइन्छ । मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता पनि प्रकट गरेको पाइन्छ भने पछिल्लो समयमा चलचित्र चलाउनकै लागि अश्लीलता भित्रिएको पनि पाइन्छ ।
हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौं, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभंगीले पनि चलचित्र बुझ्ने कसरत गर्छौं । मुख्य कुरा के हो भने हामीले पस्किन खोजेको विषय वस्तु के हो भन्ने हो ।
हाम्रो चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर चलचित्र निर्माणक्रम भने तीव्र नै छ । हरेक वर्ष हाम्रो चलचित्र उद्योग कलिउडमा एक सयभन्दा बढी नै चलचित्रहरु निर्माण भइरहेको देखिन्छ । यति धेरै चलचित्र बने पनि थोरै चलचित्रले मात्रै दर्शकमाझ आफ्नो छाप छोड्न सकेका छन् । अर्थात् कमै चलचित्रमात्रै हप्ता, दुई हप्ता चल्ने गर्छन् । नेपाली चलचित्र उद्योगलाई हेर्दा लगानी उठाउने चलचित्र औंलामा गन्न सकिने छन् भने हिट हुने त एकाधमात्र रहेका छन् । नेपाली चलचित्रहरू पछिल्लो समयमा आएका केही नयाँपनका साथ अगाडि बढेको दाबी यससँग सम्बन्धित पक्षको रहेको छ ।
नेपाली चलचित्रको निर्माणसँग सँगै यसक्षेत्रमा लागेकाहरूको, कलाको सम्मानस्वरूप अन्य देशमा जस्तै हामीकहाँ पनि पुरस्कार, सम्मान तथा अवार्डको आयोजना सुरु भयो । पछिल्लो समयमा कला क्षेत्रबाहेक अन्यक्षेत्रहरूमा पनि अवार्डहरु दिन थालिएको छ । अन्य क्षेत्रका अवार्डहरूले त्यति चर्चा नपाए पनि सिनेक्षेत्रका अवार्ड चर्चाका विषय बन्ने गर्दछन् किनकि यो ग्लामर क्षेत्र हो । हामी कहाँ पनि हरेक वर्ष विभिन्न विधामा चलचित्रसम्बन्धी कलाकार र यस क्षेत्रमा लागेकालाई उत्सवको रूपमा अवार्ड समारोह गरेर चलचित्र र कलाकारलाई पुरस्कृत र सम्मान गरिन्छ । यसो गर्नु भनेको कलाकारका कलालाई सम्मानका साथै प्रोत्साहन गर्नु हो ।
अवार्डका कार्यक्रम विश्वमै भएको पाइन्छ । संसारको सबैभन्दा ठूलो फिल्मी अवार्ड एकेडमी (ओस्कार) लाई मानिन्छ । जुन अमेरिकन एकेडमी अफ मोसन पिक्चर्स आर्टस एण्ड साइन्सले प्रदान गर्ने गर्दछ । प्रत्येक वर्ष हलिउडका फिल्म र कलाकारहरुलाई तथा अंग्रेजी भाषाबाहेक अन्य भाषामा बनेका उत्कृष्ट चलचित्र र कलाकारलाई अवार्ड दिइन्छ । हाम्रो छिमेकी देश भारतमा पनि चलचित्रसम्बन्धी विभिन्न अवार्डकार्यक्रम हुने गर्दछन् जसलाई त्यहाँ उत्सवका रूपमा मनाएको देखिन्छ । फेरि त्यहाँको चलचित्र उद्योग पनि त व्यापक र विस्तृत छ । भनिन्छ त्यहाँको चलचित्रमा पाउने कलाकारको पारिश्रमिकले हाम्रो यहाँको एउटा चलचित्र नै बन्छ । भारतमा फिल्म फेयर, स्कृन अवार्ड, जी सिने अवार्ड, आइफा अवार्डलगायत अवार्डहरू भएको पाइन्छ ।
चलचित्रक्षेत्रका व्यक्तित्वहरूका लागि यससँग सम्बन्धित हुने अवार्डलाई चाडको रूपमा लिने गरिन्छ । उत्सवका रूपमा लिने गरिन्छ । हामीकहाँ पनि चलचित्रसम्बन्धी अवार्डहरूको संख्या एक दर्जनको हाराहारीमा छन् । हामीकहाँ रहेका अवार्डहरूमा डि सिने अवार्ड, इन्फा अवार्ड, नेफ्टा अवार्ड, बक्स-अफिस अवार्ड, राष्ट्रिय फिल्म पुरस्कार, एनएफ्डिसी अवार्ड, कामना अवार्ड, ओफा अवार्ड र क्रिटिक्स फिल्म अवार्ड लगायतका रहेका छन् । वर्षेनी अवार्ड थपिइरहेका छन् । यसक्षेत्रमा लागेका सर्जकहरूको सम्मानका लागि सम्मान गर्नेहरूको संख्या बढ्नु राम्रो कुरा नै हो । निजी संस्था र सरकारी संस्था चलचित्र विकास बोर्डले यस्तो कार्य गर्दै आएका छन् । अवार्डको बढ्दो आयोजकसँगै अहिले नेपाली चलचित्र अवार्डहरू विदेशमा पनि हुन थालेका छन् ।
आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्ड आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यसको कुनै मापदण्ड नभएर होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ? अवार्डलाई निष्पक्ष, पारदर्शी बनाउने जुरीलाई अवार्ड आयोजक जुरी नै सार्वजनिक गर्दैनन् । कुनै पनि अवार्ड आयोजकले जुरीको नाम गोप्य राखेपछि अवार्डको विश्वसनीयतामा शंका त हुन्छ नै ।
हामीकहाँ भएका अवार्डलाई केसम्म देखियो भने एउटामा सर्वोत्कृष्ट हुँदा अर्कोमा मनोनयनमा सम्म न परेको देखियो । यसलाई विडम्बना नभनेर के भन्ने ? अवार्ड आयोजकहरुले यस्ता कुरालाई सच्याएर अगाडि बढ्दामात्र नै यसप्रतिको सम्मान हुन्छ अन्यथा आफ्नाले आफ्नालाई दिनेमा मात्र सीमित हुन पुग्छ । यससँगका सम्बन्धितले नै यसको मर्यादा राख्नु आवश्यक छ ।
कुनै समय बागबजारको पद्मकन्या क्यापसअगाडिको गल्ली जसलाई मुर्गा गल्ली पनि भन्ने गरिन्थ्यो । अहिले समयनुसार ठाउँहरू परिवर्तन भएका छन् । यी ठाउँहरूमा नेपाली चलचित्र उद्योगसम्बन्धी धेरै कुराहरू बुझ्न पाइन्छ । हाम्रा चलचित्रहरू कसरी बन्छन्, कसरी बनाइन्छन् र नयाँ लगानीकर्ता वा भनौं नयाँ मुर्गाको खोजीमा रहेका धेरैलाई पाउन सकिन्छ यी ठाउँहरूमा । मुर्गाको खोजीमा रहेका, मुर्गा बन्न तयार भएकाहरू साथै निर्देशक, निर्माता, कलाकार, गीतकार, गायक, संगीतकार अर्थात् चलचित्रसँग सम्बन्धित सबैका गुनासा सुन्न पाइन्छ । एकजना राम्रै नाम चलेका कलाकार एउटा चलचित्र बनाउनुप¥यो चलचित्रको नाम ‘फेरि अर्को मुर्गाको खोजीमा’ राखेर पनि भन्दै थिए । कलाकार, निर्माता, निर्देशक, गीतकार, संगीतकारलगायत बन्ने रहर पालेकाहरूको इच्छा, कामना पु¥याइदिएका छन् यी ठाउँले । केहीलाई राम्रै अवसर भयो होला भने केहीलाई रुवाइरहेकै होला ।
आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्डहरू आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यस्को कुनै मापदण्ड नभएर पनि होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ? आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्डहरू आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यस्को कुनै मापदण्ड नभएर पनि होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ?
हामीकहाँ चलचित्र बन्ने क्रम हरेक वर्ष बढ्दै गए पनि, चलचित्र उद्योगमा करोडौं लगानी भए पनि, चलचित्रले लगानी नउठाए पनि, चलचित्र बन्ने क्रमम भने कुनै कमी आएको छैन । नेपाली चलचित्र लगातार असफलताले व्यावसायिक रूपमा यस क्षेत्रलाई निराश पारे पनि निर्माणमा कमी आएको छैन । हरेक हप्ता कम्तीमा दुई-तीनवटा चलचित्रहरु हलमा लागेकै हुन्छन् । नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्रविधि र प्राविधिक नहुँदा चलचित्र धराशायी बनिरहेको भनिए पनि राम्रा भनिएकाले लगानीसम्म उठाउन नसकेका धेरै उदाहरण छन् ।
नेपाली चलचित्रको स्तरवृद्धि हुन नसक्नु नै वर्तमान नेपाली चलचित्रले भोग्नुपरेका तीतो यथार्थ हो भन्छन् यस क्षेत्रका विज्ञ, विश्लेषक र यससँग नजिक रहेर नियालिरहने सरोकारवाला । नयाँ स्वादसँगै दर्शकसँग प्रस्तुत भएका केही चलचित्रले सफलता हात पार्न सके पनि अधिकांश चलचित्रहरूको लगानी बालुवामा पानी नै भएको छ । सयभन्दा बढीको संख्यामा चलचित्र बने पनि मुस्किलले दश प्रतिशतले मात्र सफलता हात पार्नु एकातिर भने अर्कोतिर नेपालमा थुप्रै भारतीय चलचित्रले सफल व्यापार गर्नुले नेपाली चलचित्रमा दक्षता र व्यावसायिकता वृद्धि नभएको प्रष्ट हुन्छ ।
जबसम्म नेपाली चलचित्र उद्योग व्यावसायिक बन्दैन अनि रहर र पैसाकै भरमा आएका कलाकार फिल्टर भएर असली कलाकारमात्र चलचित्र उद्योगमा जबसम्म रहँदैनन् नेपाली चलचित्र उद्योगको उन्नति असम्भव नै छ । बाहिरको डब्बामात्र राम्रो अनि भित्री सामम्री भने दुई पैसाको अनि कसरी उभो लाग्छ त नेपाली चलचित्र उद्योग !
नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि समयानुकूल चलचित्र नीतिको आवश्यकता रहेको भन्दै सरोकारवालाले विभिन्न समयमा कुराहरू उठाए पनि त्यसको कार्यान्वन पक्ष कमजोर नै देखिन्छ । मुलुकको पहिचानसँग जोडिएको क्षेत्रलाई विकसित, भरपर्दो र मर्यादित बनाउनुपर्नेमा विभिन्न सेमिनार, गोष्ठीहरुमा जोड दिए पनि ती सबै गोष्ठीहरूमा नै सीमित हुन पुगेका छन् । हरेक पल्टका सूचना तथा सञ्चार मन्त्रीहरूले विभिन्न आस्वासन दिए पनि प्रतिबद्धता गरे पनि व्यावहारिक धरातलमा विस्तृत छलफल र कार्यान्वयनको सधैं पर्खाइमै रहृयो नेपाली चलचित्र उद्योग ।
चलचित्र क्षेत्र आर्थिक समृद्धि र अर्थतन्त्रसँग जोडिएको भए पनि धेरैको रोजगारीको प्रवद्र्धन यस क्षेत्रले गरे पनि यो क्षेत्रले किन व्यावसायिक सफलता पाउन सकेन आजको टड्कारो विषय हो यो । चलचित्र क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न यसको भावी पुस्तालाई सबल र सक्षम बनाउन ठोस कार्ययोजनाको प्रर्खाइमा छ यस उद्योग । नेपाली चलचित्रको विकासका लागि चलचित्र विकास बोर्ड र अन्य सरोकारवाला निकायलाई अधिकार सम्पन्न बनाउनुपर्ने देखिन्छ जुन वर्तमानको आवश्यकता हो यदि नेपाली चलचित्रलाई व्यावसायिक बनाउने हो भने । जबसम्म मुर्गाकै खोजीमा हाम्रो चलचित्र उद्योग रहन्छ तबसम्म यो व्यावसायिक हुन सक्दैन ।
अनि जबसम्म प्रत्येक हप्ता चलचित्र जुधाइन्छ तबसम्म यो उद्योग व्यावसायिक हुन सक्दैन । दर्शकलाई त छानीछानी चलचित्र हामी देखाउँला तर थोरै दर्शक भएको हाम्रो जस्तो ठाउँमा आखिर तिनै दर्शकहरू बाँडिने त हो । यस्तो कार्यलार्ई निर्माताहरुले जबसम्म बुझदैनन् तबसम्म चलचित्रको लगानी बालुवामा पानी नै हो । फेरि जबसम्म रहरले यो क्षेत्रमा आउनेहरूको संख्यामा कमी आउँदैन तबसम्म यो क्षेत्र व्यावसायिक हुन सक्दैन । पछिल्लो समय नेपाल बाहिर पनि यसको बजार खोज्न थालिएको छ । जुन आफैंमा सुखद् पक्ष हो । गतवर्ष बलिउडमा प्रदर्शन भयो ।
यो नेपाली सिनेमाका लागि सुखद् सुरुवात हो तर यसका लागि हामीले गुणस्तरमा ध्यान पुर्याउनु आवश्यक छ । पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ । हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौं, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभंगीले पनि चलचित्र बुझ्ने कसरत गर्छौं । मुख्य कुरा के हो भने हामीले पस्किन खोजेको विषय वस्तु के हो भन्ने हो । साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेका छन् त्यो सपना पनि हामीले देख्नुपर्छ र नेपाली चलचित्रलाई विश्वव्यापी बनाउनुपर्छ । यसका लागि सम्बन्धित निकायले सहजीकरण गर्न आवश्यक छ ।
(लेखक अधिकारी हिटाका मनोरञ्जन व्युरो प्रमुख, साहित्यकार तथा मिलाप मासिक पत्रिकाका कार्यकारी सम्पादक हुनुहुन्छ ।)







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts