काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिनु भएको छ ।
आइतबार आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा झाँक्रीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो ।
मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिनु भएको थियो । पहिले थोरै हाँसोमै प्रस्तुत हुनु भएको उहाँ पत्रकारको प्रश्नमा भावुक बन्नुभएको थियो ।
भावुक हुनुभएको मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको थियो ।

















