भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म संचालन भएको आँखा शिविरमा पाँच सय बढीको परीक्षण र एक सय बढीको आँखाको शल्यक्रिया गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारको पुरानो डवलीमा रहेको नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्रमा भएको शिविरमा पाँच सय २१ जनाको परीक्षण र एक सय ३२ जनाको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख बिजय तामाङले जानकारी दिनुभयो ।
आफ्नै जिल्लमा संचालन भएको शिविरमा शल्यक्रिया गराएर आँखा देख्न पाएकोमा बृद्धबृद्धा सवै भन्दा बढी खुशी देखिनु भएको थियो । नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर, बिराटनगर आँखा अस्पताल तथा सिबिएमको सहयोगमा संचालित शिबिरमा गाउँबाट आउने बिरामीहरुले समेत सेवा लिनु भएको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।






