सुर्खेत । आगामी वर्ष कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारी तिब्र पारीएको छ । जसका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानसम्म निर्माण हुँदैछन् ।
१० औं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो । कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सोमवार क्रिकेट मैदानको शिलान्यास समेत गर्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर स्थित शिलान्यास गरिएको कालिञ्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको छ ।
क्रिकेट मैदान निर्माणका लागि ९८ लाख लागत अनुमान गरिएको थियो । तर ७३ लाख १८ हजार ३३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको छ । खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।
मैदान शिलान्यास गर्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभयो । खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शिलान्यास हुनु कर्णाली समृद्धिको अङ्गका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
छिट्टै क्रिकेट मैदान निर्माण गरेर २०८१ साल बैशाखमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णालीमा गराउनका लागि प्रदेश सरकारले तयारी गरेको उहाँको बताउनुभयो । प्रदेश सरकार यतिबेला प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
रङ्गशाला निर्माणको काम सँगसागै कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गर्नतर्फ प्रदेश सरकारले जोड दिएको छ । यस्तै निर्माण कार्य शुभारम्भ भएको कालिन्चोक क्रिकेट मैदानलाई तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सुझाब दिइएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्याले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि पाँच ‘प’को नीति तथा कार्यक्रम कार्यन्वयन हुन आवश्यक रहेको भन्दै त्यसो हुनसकेमा अब आउने ९० को दशकमा नेपालको सबै खेलहरुमा कर्णालीको बर्चश्व रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणधिन बहुउद्देश्यीय रंगशालाको ७० प्रतिशत काम सम्पन्न भएको छ । यस्तै, वित्तिय प्रगति ६५ प्रतिशत हासिल भएको छ । हालसम्म ९२ करोड खर्च भइसकेको छ । रंगशाला निर्माण सम्पन्न गर्नका लागि एक अर्ब ४७ लाख ४७ हजार ६ सय रूपैयाँ लागत लाग्ने छ । प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
फोटो : १०औं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर निर्माण गर्न लागिएको क्रिकेट मैदान शिलान्यास गर्नुहुँदै कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts