हाम्रा पर्वहरुले राष्ट्रिय एकताको भावनालाई जागृत गर्न भूमिका खेल्छः राष्ट्रपति पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पर्व र चाडबाडहरुले नेपालीको राष्ट्रिय एकताको भावनालाई जागृत गर्न महत्वपूर्ण भूमिक खेल्ने बताउनुभएको छ । बिबाह पञ्चममीको अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

‘प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’ राष्ट्रपति पौडेलले शुभकामनामार्फत भन्नुभएको छ ।

ADVERTISEMENT

उहाँले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन आग्रह समेत गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज