भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा मानवअधिकार शिक्षा कार्यक्रम संचालन गरिएको छ ।
उत्तरी क्षेत्रका दुई नगरपालिका षडानन्द र साल्पासिलिछोलाई लक्षित गर्दे मानवअधिकार सम्वन्धी एक दिने कार्यक्रम आयोजना भएको हो र मानवअधिकारको क्षेत्रमा काम गर्दे आई रहेको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारकर्मी डा. गोविन्द प्रसाद ढकालले मानव अधिकारको बिषयमा सहजीकरण गर्नुभएको थियो भने अधिबक्ता नरेन्द्र खनालले मौलिक हक र कानुनी ब्यबस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।
स्थानीय नागरिकहरुमा मानव अधिकार र कानुनी ब्यबस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको संगठनका अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । कानुनी अस्पष्टा र मानवअधिकारका बिषयमा पालिकाका जनप्रतिनिधी, स्थानीय राजनीतिक दलका प्रतिनिधी, कर्मचारी, प्रहरी लगायत गरी ६० जनाको सहभागितामा कार्यक्रम भएको छ ।
षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले पालिका स्तरमा हुने यस्ता कार्यक्रमहरु प्रभावकारी हुने भएकाले गाउँ केन्द्रित कार्यक्रमहरुमा जोड दिनु पर्ने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts