काठमाडौंका जोखिमपूर्ण र अस्तव्यस्त सडक (हेर्नुहोस्, तस्बिरहरु)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सडकलाई विकासको पनि पूर्वधारको रुपमा लिइन्छ । सडक सुविधाले जोडिएको गाउँघरसम्म सजिलै विकासका अन्य सेवासुविधाहरु पनि जोडिने गर्दछ । तर, हाम्रो देशको संघीय राजधानी काठमाडौँ उपत्यकाको सडक हेर्ने हो भने राजधानी सहर हो भन्दा सायद कसैले विश्वास नगर्न पनि सक्छ ।

सडकमा धुलो, सवारी साधनले निकाल्ने धुवाँ, ढल र खानेपानीका लागि जथाभावी खनेर परेको खाडल, बिजुलीको भूमिगत तार व्यवस्थापनको काम जस्ता क्रियाकलापले सडक अस्तव्यस्त बनेको छ । यतिमात्र नभई सडकमा कोरिएका जेव्रा क्रस, सडक लेन मेटिएको छ भने कहिकहि त जेव्रा क्रस समेत नहुदा पैदल यात्रुहरुले सकस भोग्नु परेको छ, भूमिगत बिजुलीका हेडबक्सहरु फूटपाथमा राखिँदा यसले झन जोखिम निम्त्याउने खतरा उत्तिकै छ ।

उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने धुलोधुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । यस सम्वन्धमा सम्वन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

यसै सन्दर्भमा नेपाल फोटो लाईव्ररीले तयार पारेको उपत्यकाका विभिन्न स्थानका सडकहरुः

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?