रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको बुटवल एक्स्पो–२०८० मा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथामिकता दिइएको छ ।
मेला आयोजक संघले प्रदर्शनी स्थलमा भौतिक निमार्णको काम तथा अवलोकन गर्ने प्रवन्ध मिलाउनुकासाथै राष्ट्रिय-स्थानीय कलाकारहरूलाई जमघट गराउने तथा प्रतियोगिताहरु आयोजना गरि दर्शकहरूलाई मनोरञ्जन प्रदान गराउने योजना वनाएको प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव दयानिधि भण्डारीले बताउनु भयो ।
सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक प्रकाश पौडेलले मेला अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतीसंगै प्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिनु भयो । ‘हामीले राष्ट्रिय ख्याति प्राप्त, लोकदोहारी, आधुनिक, पप, हाँस्यव्यङग्य कलाकारदेखि जिल्लामा बसेर कलाकारितामा रमाएका सफल कलाकारहरूको प्रस्तुतिसंगै विभिन्न प्रतियोगिता गराउने योजना बनाएका छौं’ पौडेलले भन्नु भयो, ‘मेलामा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न कुनै कमी रहने छैन ।’
त्यसैगरि मेलामा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, डान्स आइडल–२०८०, लोक भजन प्रतियोगिता समेत राखिएको छ ।
रुपन्देही व्यापार संघले सुरुवात गरेको नयाँ डान्सर कलाकार उत्पादन गर्न डान्स आइडल प्रतियोगितालाई पनि यस पटक निरन्तरता दिने निर्णय भएकोछ । डान्स आइडल–२०८० को सिजनको विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छ । त्यसैगरि तृतिय हुनेले २० हजार प्राप्त गर्ने छ ।
यसपटक नौलो प्रस्तुतीका रुपमा युवाहरुलाई समेट्ने गरि ¥याप प्रतियोगिता राखिएको संयोजक नारायाण थापाले बताउनु भयो । ¥याप प्रतियोगिताको विजेताले १५ हजार प्राप्त गर्नेछ भने उपविजेताले १० हजार नगद पुरस्कार पाउने छ । त्यसैगरि तृतिय हुनेले ५ हजार प्राप्त गर्ने छ । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने छ ।
यही पुष ५ गतेदेखि ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका सुरु हुने ‘लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला’ पुस १८ गतेसम्म चल्नेछ । मेलाको स्टल तथा मञ्चको कामहरु अन्तिम चरणमा पुगेको निमार्ण समितिका संयोजक प्रकाश ढकालले जानकारी दिनु भयो । आधुनिक प्रदर्शनी केन्द्रमा हुने मेलामा विभिन्न प्याविलियनमा करिव ५ सय बढी स्टलहरु निमार्ण गरिने ढकालले जानकारी गराउनु भएको छ ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरि सकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा