बिराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठक कक्षको शिलान्यास गर्नु भएको छ ।
शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवतरुपमा बैठक कक्षको शिलान्यास गर्नु भयो । ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसी सहितको सुविधा सम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिनुभयो । ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने छ ।
शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षा सहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताउनुभयो । उहाँले विपद्को बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बूढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts