भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको बताउनु भएको छ ।
एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको भेटघाट कार्यक्रमका बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
देशमा विकासको काम अहिले ठप्प रहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “यस्तो अवस्था बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका हौ ।”
मंसिर १४ गतेबाट सुरु भएको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुर पुगेको टोलीलाई अध्यक्ष ओलीले देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने दावी समेत गर्नुभयो ।
अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो । बिभिन्न कार्यक्रममा सहभागि हुदै संकल्प यात्राको टोली मंसिर २८ गते धनकुटा प्रस्थान गर्ने छ ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी हुनुहुन्छ ।
संकल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts