२५ जना महिलाको सक्रियतामा स्थापित सहकारी, शेयर पूँजी एक करोड २५ लाख

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । ३१ वर्ष अघि गुल्मीको तम्घासमा २५ जना महिलाहरुको सक्रियतामा स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । महिलाहरुद्वारा संचालित यस सहकारी संस्थाको शेयर पूँजी एक करोड २५ लाख ८९ हजार ६०० रुपियाँ, संस्थागत जगेडा कोष ८५ लाख १९ हजार ७९१ रुपियाँ रहेको छ ।

कुल बचत १० करोड ६४ लाख ९९ हजार ३८८ रुपियाँ र ऋण लगानी ११ करोड ५९ लाख ४२ हजार ७४५ रुपियाँ रहेको छ । कुल सम्पत्ति १४ करोड २२ लाख १६ हजार ३५१ रुपियाँ रहेको छ । यस संस्थाले आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म खुद मुनाफा ४५ लाख १६ हजार २६६ रुपियाँ आर्जन गरेको व्यवस्थापक व्यवस्थापक सरस्वती थापाले जानकारी दिनुभयो ।

यस सहकारी संस्थाले सुत्केरी भक्ता, कल्याणकारी सापटी, औषधी उपचारका लागि स्वास्थ्य कोषबाट सहयोग, सदस्यको श्रीमानको मृत्युमा पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यहाँ ११ सय ३८ जना शेयर सदस्य र ४२४ जना नाबालक सदस्य गरी १५ सय ६२ जना शेय सदस्य छन् ।

ADVERTISEMENT

रेसुङ्गा नगरपालिका(१ क्याम्पसरोडमा रहेको यस स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारणसभाको अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफ्नो नाम जस्तै महिला दिदिबहिनीलाई स्वावलम्बन बनाउन सहयोग पुर्‍याईरहेको भन्दै प्रशंसा गर्नुभयो । पुरुषले सञ्चालन गरेका संघसंस्था भन्दा महिला दिदिबहिनीले सञ्चालन गरेका संघसंस्था निकै व्यवस्थित र पारदर्शी रहेका बताउनुभयो ।

रेसुंगा नगरपालिका( १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले सहकारीले महिला दिदिबहिनीलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउन उल्लेखनिय भूमिका खेलेको बताउनुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष यमबहादुर थापाले सहकारीले महिला सशक्तीकरणका लागि बिशेष योगदान पुर्‍याएको भन्दै सहकारीले व्यक्तिको आर्थिक र सामाजिक उन्नति गर्ने बताउनुभयो । सरकारले सुपरिवेक्षण, नियमन र अनुगमनको पाटो कमजोर बनाउँदा देशका थुप्रै सहकारीहरुमा समस्या देखा परेको भन्दै अनुउत्पादक क्षेत्रमा लगानी, राजनीतिकरण जस्ता कार्यबाट सहकारीलाई टाढा राख्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सञ्चालक समितिको तर्फबाट सचिव सावित्रा केसीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष पार्वती खनाल पन्थीले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति सदस्य हिरा बस्नेत केसीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज