पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट-चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।

ADVERTISEMENT

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज