नयाँ भवनबाट वडा कार्यालयको सेवा शुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं ७ ले नयाँ भवन बाट सेवा शुरु गरेको छ । वडा कार्यालयको एक तले भवन निर्माण सम्पन्न भएपछी सेवा शुरु गरिएको हो ।

मंसिर २२ गते शुक्रबार नगरप्रमुख तेजेन्द्र खनालले औपचारीक उद्घाटन गरी सेवा वितरण गर्न शुरु गरिएको वडा अध्यक्ष भल बहादुर कटवालले जानकारी दिनुभयो । यो भन्दा अगाडी भाडामा कार्यालय सन्चालन गरी सेवा वितरण गर्दै आएका थिए । भाडावापत मासिक ३ हजार ५ सय रकम तिरिरहेका थिए । आफ्नै भवनबाट सेवा वितरण गर्न पाउँदा नागरिकलाई छिटोछरितो रुपमा सेवा वितरण हुनेमा विश्स्त भएको अध्यक्ष कटवालले बताउनु भयो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख तेजेन्द्र खनालले सिमित मात्रामा भएको श्रोत साधनलाई प्रयोग गरेर सकेसम्म नागरिकलाई सहज सेवा वितरण गर्न लागी परिरहेको बताउनु भयो । भौगोलीक अवस्था नगरमा हुने सिमित साधन श्रोतको अभावमा पनि काम गरिरहेको र सबै नागरिकका समस्याहरुलाई समाधान गर्न नगरको बजेटले मात्रै संभव नहुने बताउनु भयो ।

वडा नं ७ को पोखरी डाँडामा ५ कोठे एकतले पक्की भवन निर्माण गरिएको छ । ५ कोठामध्ये एउटा बैठक कोठा र अन्य ४ वटा प्रशासनिक कोठा बनाईएको छ । कोशी प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा भवन निर्माण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । उक्त भवन नगरपालिकाले दुई चरणमा ठेक्का लगाई ६२ लाख ७ हजार ६० रुपैया ४८ पैसामा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्षले कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरण श्री नायक कन्ट्रक्सन प्रा.ली. धनुषाले काम गरेको थियो । दोश्रो चरणमा श्रेष्ठ बिल्डर्स एण्ड सप्लायर्सले काम गरेको थियो ।

ADVERTISEMENT

पहिलो चरणमा २९ लाख ३२ हजार ६४० रुपैयाँ ८८ पैसा बराबर रकमको काम गरिएको थियो भने दोश्रो चरणमा ३२ लाख ७४ हजार ४१९ रुपैयाँ ६० पैसा बराबर रकमको काम भएको थियो । बिगुटारको पोखरीमा वडा कार्यालयकै नाममा भएको करिब ६ आना जग्गामा भवन निर्माण गरिएको छ । भवन अपाङ्गमैत्री बनाईएको पनि वडा कार्यालयले जानकारी दिएको छ । भवन निर्माणका लागि पहिला नै ठेक्का लागेर काम नभई रहेको थियो, आफु वडाअध्यक्ष निर्वाचित भएपछि वडा र नगरको पहलमा भवन निर्माण गराउन सफल भएको अध्यक्ष कटवालले जानकारी दिनुभयो ।

कार्यालयको उद्घाटन सँगै ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई सम्मान तथा न्यानो कपडा समेत वितरण गरेको थिए । वडा कार्यालयले नयाँभवन बाट सेवा विस्तार गरेपछी सेवामा गुणस्तर हुने र वडाका सबै नागरिकलाई सजिलो भएको स्थानिय नागरिकले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज