भोजपुर । पार्टीलाई सुदृढीकरण गर्दे नेपाली कांग्रेस प्रदेश कार्य समितिले पदयात्रा गर्ने भएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले झापाको सवै भन्दा होचो भूभाग केचना देखि बिश्वकै सवैभन्दा अग्लो सगरमाथासम्म पार्टीको प्रदेश समितिले पदयात्रा गर्ने योजना बनाउने बताउनुभयो । जिल्लास्तरमा भएको भेटघाटको क्रममा प्रदेश सभापति थापाले प्रदेश कार्य समितिले १४ वटै जिल्लामा पार्टी प्रशिक्षणका कार्यक्रमहरु समेत गरिने बताउनुभयो ।
प्रदेश सभापति थापाले भन्नुभयो, “पदयात्राको योजना बन्ने छ, यसले प्रदेशको बिकास र समृद्धिको लागि पनि सहयोग गर्छ ।” ओखलढुंगाबाट खोटाङ, भोजपुर, धनकुटा लगायतका जिल्लाहरुका नेता तथा कार्यकर्ता र सुभेच्छुक संस्थाका प्रतिनिधीहरुसँग भेटघाट गर्दे कांग्रेसका प्रदेश सभापति थापा सहितको टोली बिराटनगर फर्किएको हो ।
टोलीमा सभापति थापा सहित केन्द्रिय सदस्य तथा पूर्व प्रदेशमन्त्री प्रदिप सुनुवार, कांग्रेस प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु अर्चना लुईटेल, मिरा कटुवाल, ओखलढुंगाका यूवा नेता सन्तोष दाहाल लगायत हुनुहुन्थ्यो ।






