एमालेप्रति जनताको विश्वास छ : अध्यक्ष ओली

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी  । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताउनुभएको छ ।

‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशको कुन ठाउँमा के समस्या छ, जनताको समस्या के छन्, जनताका मागहरू सम्बोधन र विकासको कामका लागि जनताका सुझावहरू सङ्कलन गर्न सङ्कल्प यात्रा तय गरिएको बताउनुभयो ।

ADVERTISEMENT

सरकारको तर्फबाट भूकम्पपीडितका लागि पर्याप्त काम नभएको भन्दै तत्काल सरकारले भूकम्पपीडितका लागि सही व्यवस्थापन र पुनः निर्माणको काम अविलम्ब गर्नुपर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन एमाले अगाडि बढेको चर्चा गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेले एकल बहुमत आवश्यक रहेको बताउनुभयो ।

देशको भविष्य, सुरक्षा, राष्ट्रियता, सुशासन र विकासका लागि एमालेले एकल बहुमत ल्याएमा मिसन ८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । एमाले देश र जनताको काम गर्ने पार्टी भएकाले जनताको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज