एमाले अध्यक्ष ओलीलाई राउटेका मुखियाबाट कोसी उपहार

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । लोपउन्मुख राउटे जातीका मुखियाका सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिनुभएको छ ।

बैतडीबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविकोपार्जनका लागि बनाउँदैं आएको काठबाट राउटेले बनाएको कोसी उपहार दिनुभएको हो ।

उपहार ग्रहण पश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाई दिनुभयो । एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

ADVERTISEMENT

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खेउली पेशा नैं संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नुहोला भन्ने लागेर भेट्न आएको बताएका राउटे मुखिया शाहीले भन्नुभयो ‘हामी प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आको हामीलाई जंगलबस्न समस्या छ । ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं ।’

अभियानका क्रममा गुराँस पुग्नु भएका अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रसाशकीय भवनको समेत उद्घाटन गर्नु भएको छ । कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखिएको सबैभन्दा ठूलो राष्ट्रिय झण्डाउत्तोलन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गुराँसका स्थानीय नागरिकले गरेको स्वागत ग्रहण गर्नु भएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरु सहभागि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज