एमाले अध्यक्ष ओली मंसिर २० मा वामीटक्सार आउँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मी आउनुहुने भएको छ ।

अध्यक्ष ओली समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झुलाघाटदेखप पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलशिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने सभालाई सम्बोधन गर्न आउनुहुने भएको हो ।

आइतबार नेकपा एमाले गुल्मीले तम्घासमा तयारी र पार्टीले गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाट राखेको थियो । वामीटक्सारमा हुने कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट एमाले पार्टीका नेता कार्यकर्ताको उत्साह पूर्ण सहभागिता हुने नेकपा एमाले गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछाले बताउनुभयो ।

ADVERTISEMENT

बिशाल सभाको तयारी स्वरुप सबै पालिकाहरुमा नेता कार्यकर्ताहरुलाई उपस्थित हुनका निम्ति निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको उहाँले बताउनुभयो ।  अध्यक्ष ओली सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभयो । मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रासहित मध्यपहाडि राजमार्ग यात्राले पार्टीमा र जनतामा थप उत्साह पैदा भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज