वेस्ट बैंकमा इजरायलद्वारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गाजा । वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ गरेको छ ।

इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर ३, ३९० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको हो ।

प्यालेस्टिनी कैदी समाज र नजरबन्दी मामिला आयोगले एक संयुक्त वक्तव्य जारी गरी यो जानकारी दिएको हो । उनीहरूका अनुसार यो संख्यामा रातारात इजरायली छापा मारेर पक्राउ परेकाहरूलाई समावेश गरिएको छैन ।

ADVERTISEMENT

गत बुधवार र बिहीबार मात्रै कम्तिमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सो समूहका अनुसार सो क्रममा इजरायली सेनाहरूले व्यापक यातना र क्रूर कुटपिटको कार्य गरेको छ, साथै वेस्ट बैंकमा प्यालेस्टिनीहरूको घरहरू तोडफोड र विनाश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?