सुशासनको अभियानलाई गति दिँदैछौँँ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सुशासन, समृद्धि र सामाजिक न्यायलाई वर्तमान सरकारले प्रमुख कार्यभार बनाएको छ ।” मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएकोे भए पनि अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै उहाँले अर्थव्यवस्थालाई लयमा ल्याएर समृद्धिलाई गति दिइने बताउनुभयो ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीररुपमा छलफल गर्नुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताउनुभयो । सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उहाँले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभयो ।

ADVERTISEMENT

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आवश्यक कानुन संशोधन गरेर भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्न सरकार लागि परेको उल्लेख गर्दै उहाँले कुनै पनि हालतमा भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताउनुभयो । त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र राजस्वमा आधा छुट दिने निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पार्टी तीन महिने रुपान्तरणको अभियानमा रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारका राम्रा कामलाई अभियानमार्फत जनतामा पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “सरकारले इतिहासमै राम्रो काम गर्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “नेता कार्यकर्ताले पनि पार्टीलाई रुपान्तरण गर्न ध्यान दिनुपर्छ ।” सो क्रममा माओवादीका स्थानीय नेता कार्यकर्ताले काठमाडौँको दक्षिणी भेग विकासमा पछि परेको गुनासो गरेका थिए ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठ दक्षिणकाली नगरपालिका-९ मा ओशोधारा सङ्घ नेपालद्वारा निर्मित ओशो कैलाश हिमालय धाम (ध्यान केन्द्र)को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । सो अवसरमा उहाँले पछिल्लो समय नकारात्मकता बढिरहेको सन्दर्भमा सकारात्मक सोचको अभिवृद्धि गर्न ध्यान केन्द्रले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज