जुम्ला । जुम्लाको अर्गानिक कोसेली विशेषगरी आन्तरिक पर्यटनको रोजाईमा पर्ने गरेको छ।
यहाँको मार्सीचामल,स्याउको चुना,फापर लगायत कोदोको पिठो आन्तरिक पर्यटन लिने गरेको जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको रारा अर्गानिक पसलका संचालक अर्जुन बुढाको भनाइ छ।
बाह्य तथा आन्तरिक पर्यटनको घुम्नका लागि उपयुक्त मानिने मुगु जिल्लामा रहेको सुन्दर ताल रारा पुगेर जुम्ला फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य कुरा भनेकै जुम्लाको अर्गानिक सिमीको दालसंग मार्सीचामलको खाना पर्यटनको माग हुने गरेको दौतरी होटेलका संचालक पदम महतले जानकारी दिनुभयो ।
रारा घुमेर जुम्ला सदरमुकाम खलंगाको एक अर्गानिक पसलबाट जुम्लाको २० किलो कोदोको पिठो किनेर घर लिएको बुटवलका रमेश केसीले बताउनुभयो ।
कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्ने अनि स्वास्थ्यका लागि फाइदाजनक बाली भएकाले कोदोको पिठो किनेको केसीको भनाइ छ ।पछिल्लो समय सदरमुकाम खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।
दुई वर्षअघिसम्म कोदाको दाना बेचिरहेको मिनी मार्केटले अहिले किसानसँग कोदोको पिठो खरिद गर्ने गरेका छौ व्यवस्थापक पाण्डे भन्नुभयो ,'यहाँका किसानको घरदैलोमा पुगेर कोदो,फापरको पिठो किनेर ल्याउने गरेको छ। चन्दननाथ नगरपालिका–८ कोटिलाका किसान धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुनु हाे। अधिकांश बारीमा कोदो रोपिएको छ । ८० किलो कोदोको पिठो बिचेर ८ हजार रुपैयाँ कमाएको बोहोराले बताउनुभयो ।
घरखर्च चलाउने माध्यम नै कोदो र स्याउ खेती हो । कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका-१ का किसान सेर रावतले जानकारी दिनुभयो । कोदोको पिठो बेचेर घरखर्च चलाउन सहज भएको यहाँका किसान बताउँछन् । जुम्लाको कोदो चैत–वैशाखमा रोपेर असोजमा भित्र्याइन्छ । यो वर्षमा मात्रै हालसम्म ३ सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ। मिनी मार्केटले किसानबाट कोदोको पिठो एक सय रुपैयाँमा किनेर बजारमा एक सय ५० रुपैयाँमा उपलब्ध गराएको छ । कोदोको दाना भने किसानबाट ८० रुपैयाँमा किनेर एक सयमा बेच्ने गरेको चन्दननाथ अर्गानिक पसलले जनाएको छ। चन्दननाथ सहकारीले सुर्खेतको विमानस्थलमा समेत अर्गानिक मिनी मार्ट खोलेर कोदोको पिठो,मार्सीचामल,ओखर लगायत अन्य अर्गानिक कोसेली विक्रि गरि रहेको चन्दननाथ सहकारीले जनाएको छ। जुम्लाका स्थानीय तहले कोदोको अत्यधिक माग भए पनि कोदो बालीको संरक्षणमा कुनै निति तथा कार्यक्रममा खासै चासो दिएका छैन । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदो खेती गरिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts