भोजपुर । लैंगिक हिंसा बिरुद्धको सोह्र दिने अभियान अन्तर्गत भोजपुरमा “लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ प्रभातफेरी गरिएको छ ।
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र अन्य सरोकारवाला निकायको समन्वयमा शनिवार जिल्ला सदरमुकाममा प्रभातफेरीको आयोजना गरिएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानकारुपमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन हुदै आई रहेको छ ।
जिरो पोइन्टदेखि सुरु भएको प्रभातफेरी च्याङ्वेनी चोक हुँदै सदरमुकामको चार भञ्ज्याङसम्म पुगेर समापन भएको थियो । प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, श्रीनयाँ श्रीनाथ गणका सेनानी भोजबहादुर कार्की, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठक, उद्योगी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पूर्व प्रहरी संगठन, सेना, प्रहरी, कर्मचारी लगायत गरी दुई सय बढीको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts