वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । बुधवार उत्तरी वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये ६ जना तुलकर्म शरणार्थी शिविरका र एक जना कलकिल्या शहरका रहेको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले बुधवार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो । जसमा ५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । यसैबीच, कल्किल्या नजिकैको अजुन सहरमा, इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टाइनी युवाको मृत्यु भएको छ ।

ADVERTISEMENT

इजरायली आक्रमणले अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा प्यालेस्टिनीहरूको कुल मृत्यु हुनेको संख्या २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज