आगलागीबाट घरबार विहिन बनेका बिष्ट परिवारलाई आर्थिक संकलन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । लक्ष्मी पूजामा बालेको दियोले घर जलेपछि घरबार बिहिन बन्न पुगेका भोजपुरका ज्ञानराज बिष्टको परिवारलाई सहयोग रकम संकलन सुरु गरिएको छ ।

भोजपुर नगरपालिका वडा नम्बर ८ का बिष्टको घर गत कार्तिक २६ गते आगलागी भएर जल्दा २६ लाख ५८ हजार बराबरको क्षति भएको थियो । आगोलागीबाट घरवार बिहिन बनेका बिष्टको परिवारलाई अहिले राहत रकम संकलन गर्न पनि सुरु गरिएको वडाध्यक्ष नविन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले वडाभित्र र बजार क्षेत्रमा राहत रकम संकलन थालिएको हो ।

ADVERTISEMENT

यता देउसी भैलो खेलेर संकलन गरिएको रकम पीडित बिष्ट परिवारलाई प्रदान गरिएको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ कुपी टोलले संकलन भएको १५ हजार पाँच सय पाँच रुपैया बिष्ट परिवारलाई सहयोग गरेको हो । टोलका राजु खालिङ, देउप्रकाश राई, ज्ञानदीप राई, सन्ध्या प्रधान लगायतको टोलीले संकलन गरेको रकम बिष्ट परिवारले पाएको छ ।

पीडित बिष्ट परिवारलाई आफ्नै छानो मुनि बास बस्ने ब्यबस्थाका लागि राहत रकम संकलन अभियान गरिएको वडा सदस्य सत्यकला राईले बताउनुभयो । बिष्ट परिवारले पनि सहयोगका लागि सवै पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज