काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सही प्लान’ सार्वजनिक गरेको छ । । कम्पनीले नेपालकै पहिलो र कम प्रिमियम भएको नयाँ बिमा योजना सार्वजनिक गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्तरूपमा नयाँ बिमा योजना शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले नयाँ बिमा योजना नेपालकै सबैभन्दा सस्तो बिमा योजना भएको दाबी गर्नुभयो । नयाँ बिमा योजनअन्तर्गत ७० वर्ष पुगेपछि बीमितले पूरै बिमा शुल्क फिर्ता पाउनेछन् । प्रमुख कार्यकारी अधिकृत खत्रीले भन्नुभयोे, ‘यस्तो योजना नेपाली बजारमा नयाँ हो । हालसम्म ७० प्रतिशत इन्डोमेन्ट प्लानमात्र बजारमा रहेको अवस्था छ तर हामीले न्यूनतम बिमांक पाँच लाख रुपैयाँ राखेका छौँ । १८ वर्षदेखि ६० वर्षसम्म गर्न सकिन्छ । ६५ वर्ष नाघेकाले यो बिमा योजनामा समावेश हुन मिल्दैन भने कम्तीमा पाँच वर्षका लागि यो बिमा योजना लिन मिल्ने प्रावधान छ । कम प्रिमियममा ठूलो प्लान ल्याएका छौँ, यसमा बीमितलाई छ गुणा फाइदा हुन्छ ।’
कम्पनीका अनुसार ४० हजारमा २५ लाखको कभरेज हुन्छ । ३५ वर्षको मान्छेले १५ वर्षको बिमा गराउँदा बीमितले ५० वर्ष पुग्दा छ लाख तिर्नुपर्ने र कभरेज निरन्तर रहन्छ । ७० वर्ष पुग्दा पहिले तिरेको छ लाख रुपैयाँ प्रिमियम पनि फिर्ता पाइन्छ । नयाँ बिमा योजनामा राइडर सुविधा, घातक रोग बिमा योजना र दुर्घटना योजना तथा लोनको सुविधासमेत रहेको छ । प्राधिकरणका अध्यक्ष सिलवालले नेपाली बिमा क्षेत्रमा अण्डरराइटिङ राम्रो बनाउन नसकिएको भन्दै बिमा कम्पनीप्रति गुनासो गर्नुभएको छ । उहाँले बिमा कम्पनीहरूमा पैसामात्रै भित्र्याउन चाहने र अण्डरराइटिङलाई बेवास्ता गर्ने प्रवृत्ति दोहोरिरहेको भन्दै कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, ‘विगतमा प्रतिबद्धता जनाइएको थियो, बजार राम्रो हुँदै गइरहेको थियो, त्यही कुरा फेरि पनि अटेर गरेर दोहो¥याउने हो भने प्राधिकरणसँग कारबाही गर्नुको विकल्प नै छैन ।’ उहाँले बिमा कम्पनीलाई बिमाबारे सचेतना फैलाउन, बिमाबारे प्रचारप्रसार गर्न, अण्डरराइटिङ प्रक्रिया बलियो बनाउन, समयमा दाबी भुक्तानी गर्न, बिमा पोलिसी अध्ययन अनुसन्धानमा आधारित भएर तयार पार्न पुनः सचेत गराउनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts