टिकटकमाथीको प्रतिबन्ध खुलाउन सर्वोच्चमा रिट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको  छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सामाजिक सञ्जालय टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको हालैको निर्णयलाई बदरको माग गरी सर्वोच्चमा रिट पेश गरेको जानकारी दिनुभयाे ।

ADVERTISEMENT

गत २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पछि जनआक्रोश बढिरहेको बेला यो रिट परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नु परेको सरकारको तर्क छ ।

तर, सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *