खाँदबारी । मकालु साहित्यिक समाजको आयोजनामा आज खाँदबारीको देवकोटा चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइएकाे छ ।
कार्यक्रममा जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, न्यू भैरवी दलका मेजर , जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ लगायत दुई दर्जन बढी कविकाे उपस्थित थियाे ।
स्थानीय तीनवटा टोल, देवकोटा जागरुक आमा समूहले स्फूर्त रुपमा कार्यक्रम ब्यवस्थापनमा सहयोग गरेकाे थियो भने वडा नं १ ले पनि सहयोग गर्ने बचन दिएको थियो। कार्यक्रममा महिला समूहको साहित्य समाजले सम्मान समेत गरेकाे थियाे ।
खाँदबारी डाँडामा चालिसौ बर्षबाट निरन्तर सारङ्गी रेटेर जीवनको कहानी सुनाउँदै आउनु भएकाे बमबहादुर गन्धर्वलाई कार्यक्रमका अध्यक्ष ताराबहादुर बुढाथोकीले टोपी र माला लगाएर सम्मान गर्नुभएकाे थियाे। अध्यक्ष बुढाथोकीले भन्नुभयाे-'गाइने र सारङ्गीहरुको सम्मान गरेमात्र लोकको अनुहारमा आलोक आउँछ।'
कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुबिच 'महाकवि देवकोटा'विषयक बाल कविता प्रतियोगिता पनि आयोजना भएको थियो। कविता मार्फत बाल कविहरुले महाकविलाई अनेक आयाममा सम्झिएका थिए।
यस किसिमको प्रतियोगिताले खोज अनुसनधान र सिर्जना शक्तिको बिकास हुने आयोजक अध्यक्ष बुढाथोकीले बताउनु भयाे । प्रतियोगितामा हिमाविका सौजन कट्टेल प्रथम , महेन्द्र मावि मानेभन्ज्याङका उमा वानियाँ र लक्ष्मी वानियाले द्वितीय र तृतीय स्थान हासिल गर्नुभयाे । विजेतालाई क्रमश:२०००/-१५००/-१०००/-र ५००/- नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे। प्रतियोगिताले प्रतिभा प्रस्फुटनको लागि अवसर मिल्ने कुरा अतिथि बक्ताले बताएका थिए ।

प्रजिअ लगायतका अतिथिहरुले शुभकामना ब्यक्त गरेको उक्त समारोहमा फन्केरोटी र हिमाविका विद्यार्थीको देउसी भैलो र मारुनी नृत्यले अतिथिलाई स्वागत गर्दै गर्दा कार्यक्रममा तिहारको राैनक भित्रिएको अनुभूति भएकाे सहभागीले बताएका थिए ।

साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बीसौ बर्षदेखि मकालु साहित्यिक समाजले निरन्तर गर्दै आएको छ। यसबर्ष कार्यक्रम विशेष उत्साहको साथ भएको थियाे।
कार्यक्रममा प्रदेश सांसद राजेन्द्र कार्कीको शुभकामना समेत सुनाइएको थियो।






