विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन प्रस्थान गर्नु भएको छ ।
कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला शनिबार राति चीन प्रस्थान गर्नु भएको हो ।
मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गर्नु भएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटर सहित विभिन्न सहरका मेयरसँग भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts