भोजपुर । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिका क्षेत्रका उपभोक्ताहरु अखाद्य सामाग्रीको प्रयोग गर्न बाध्य भएका छन । चाड पर्वलाई लक्षित गरी नगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुज्रिएका सामाग्रीहरु फेला परेपछि यस्तो देखिएको हो ।
षडानन्द नगरपालिकाले चाडपर्वलाई लक्षित गरी पालिकाको केन्द्र दिङला र आसपासमा संचालित पसलहरुको अनुगमन गरेको थियो । नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक प्रमिला राई सहितको टोलीले गरेको बजार अनुगमनका क्रममा डेढ लाख बरावरको म्याद सकिएका अखाद्य सामाग्रीहरु समेत ब्यापारीबाट बरामद गरिएको छ ।
उपप्रमुख सहितको अनुगमन टोलीले बोइलरको मासु सहित पेय पदार्थहरु, चिया रङ, बिस्कुट, चिप्स, चिजबल, मसला लगायतका बिभिन्न ४१ किसिमका म्याद सकिएका सामाग्री फेला पारेपछि उपभोक्ताले अखाद्य सामाग्री प्रयोग गरि रहेको पाइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले चाड पर्वको बेलामा सर्वसाधारण गुणस्तर खाद्यन्न वस्तुको उपभोग गर्न सकोस भन्ने उद्धेश्यले बजार अनुगमन गरिएको बताउनुभयो । चापागाईले भन्नुभयो, “उपभोक्ताले चाड पर्वको अवसरमा म्याद सकिएका र गुणस्तरहीन सामाग्रीको प्रयोग गर्न नपरोस भन्नका लागि अनुगमन गरिएको हो ।”
नगरको आयोजनामा अब नियमितरुपमा तीन तीन महिनामा बजार अनुगमन गरिने बताउँदै उपप्रमुख तथा बजार अनुगमन संयोजक राईले पालिकाको केन्द्र मात्र नभएर अन्य क्षेत्रहरुमा पनि अनुगमन हुने बताउनुभयो ।
नगरपालिकाको पहलमा भएको यो अनुगमनले व्यवसायीलाई चनाखो र उपभोक्ताहरुलाई गुणस्तर खाद्यन्न पाउने वातावरण बन्ने छ, राईले भन्नभयो, “व्यापारीहरूको सामान बरामद गरि नष्ट गर्नु हाम्रो रहर होइन, उपभोक्ताको स्वास्थ्यमा असर गर्ने गरी ब्यवसायीले पनि ब्यापार गर्नु हुदैन ।” आगामी दिनमा ब्यवसायीहरु सजग बन्न आवश्यक छ ।
बजार अनुगमनमा उपप्रमुख राई सहित इलाका प्रशासन कार्यालयका प्रतिनिधी, इलाका प्रहरी कार्यालय, जनप्रतिनिधिहरु, उद्योग बाणिज्य संघका प्रतिनिधी, नगरका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts