सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्युनिकरण प्रादेशिक कार्यमञ्च गठन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कैलाली । विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरुको अपरीहार्यतालाई मनन गर्दै सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यनिकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ ।

२०८० साल कार्तीक २२ गते, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरीक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परीषद्का सदस्य डा. गंगालाल तुलाधार, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रतिनिधि स्मिता पौडेललगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा संयुक्त राष्ट्र संघ विपद् जोखिम न्युनिकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्युनिकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्च” गठन गरी “विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्च नेपालको कार्यसञ्चालन मार्गदर्शन, २०७७ स्वीकृत गरी लागू गरिएको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज