गाजापट्टी । जबलिया, साबरा र खान युनिसमा पछिल्लो इजरायली हमलामा दर्जनौं मारिएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ। समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा परी दर्जनौं घाइते भएका छन् ।
वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एउटा नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए। जबलियाको एक घरमा बम विष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो ।
उता, गाजाको पश्चिमी भागमा रहेको अल–सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ। यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ । न्युज कारखाना







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts