काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितलाई नेपाल चलचित्र कलाकार संघले सहयोग गरेको छ । संघ र त्यसका पदाधिकारी तथा सदस्यले ३९ हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष आर्थिक सहयोग गरेका छन् ।
संघले एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुममा ठूलो धनजनको क्षति भएकाले सहयोग जुटाएको जनाएको छ । विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले आफ्नो कर्तव्य निर्वाह सम्झी सहयोग जुटाएको उल्लेख छ ।
संघका अध्यक्षले मोहन निरौलाले रकम सानो भए तापनि एक आपसको सद्भाव, भाइचारा र मानवतालाई शिरमा राखी कर्तव्य र धर्मनिर्वाह गरी मल्हम लगाउने सानो प्रयास गरेको बताउनुभएको छ । उहाँले थोपा थोपा मिलेर पोखरी हुनसक्छ भन्ने आफूहरूको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता