प्रधानाध्यापक मृत्यु प्रकरणः शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युको वैज्ञानिक छानबिनसहित ९ बुदे माग राखेर शिक्षक संघ संगठनहरुले सडकमै पत्रकार सम्मेलन गरेको छ।

मृत्यु प्रकरणको सत्य तथ्य र निष्पक्ष छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै विभिन्न पेशागत शिक्षक संगठनले गोलबजार नगरपालिका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको हो।

मंगलबार भने जिल्लाका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ। मृतकका श्रीमतीलाई योग्यताअनुसारको रोजगारी, बच्चाहरुको शिक्षाको उचित प्रबन्ध, मृतक शिक्षको विद्यालयमा शालिक निर्माण, घटनाको सत्यतथ्य छानबिनगरी दोषीमाथि हदैसम्मको कारबाही, शिक्षकहरुमाथि शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी वातावरण निर्माण, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, मृतक शिक्षकलाई सहिद घोषणाको माग गरेको छ।

जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वाका प्रधानाध्यापक बम्हदेव सिंहले यो घटनाले कोही शिक्षक सुरक्षित नरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी कोही शिक्षक सुरक्षित छैनौं भन्ने कुरा यो घटनाले देखाएको छ। सबै सचेत हुनु जरुरी छ।’

सोही क्रममा उनीहरुले घटनाको टुङ्गो नलागुन्जेलसम्म प्रत्येक दिन पूर्व पश्चिम राजमार्ग ३० मिनेट अवरुद्ध गर्ने र गोलबजार नगरपालिकामा धर्ना दिने संघर्ष समितिले निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन सिरहा अध्यक्ष प्रमोद कुमार सिंहले जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने बताउनु भयो।

ADVERTISEMENT

उनीहरुले आज पनि सिरहाको गोलबजारमा करिव २० मिनट सडक जाम गरेका थिए। शिक्षक साह आइतबार आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। साहको पोष्टमार्टम काठमाडौंस्थित टिचिङ अस्पतालमा गरिएको छ। सोही क्रममा जनता मावि गोलबजार ९ का प्रधानाध्यपक सुरेन्द्र सिंह, सरस्वती मावि तेतरिया जमहका शिक्षक विजय लामा, शिक्षक अनिरुद्र रायले विरोधमा मन्तव्य व्यक्त गरेका थिए।

-मुकेश कुमार यादव

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज