अभियन्ता राईको भीरबाट लडेर मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । साल्पा सिचिलुङ संरक्षण तथा बिकास समितिका अध्यक्ष श्रीकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ ।

भोजपुरको सुदुर उत्तर साल्पासिलिछो गाउँपालिका वडा नम्वर ५, दोभानको सिलबासका ५६ बर्षिय अभियन्ता राईको गोरुलाई घाँस काट्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । साल्पा क्षेत्रको बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दे आउनु भएका राईको आइतवार बिहान लडेर मृत्यु भएको हो । राई शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफन्तलाई जिम्ममा लगाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ADVERTISEMENT

नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहनु भएका राईको असमायिक निधनले पार्टीलाई समेत अपूर्णनिय क्षति पुगेको कांग्रेस भोजपुर सभापति बिनोद बान्तवाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज