धादिङ । धादिङको बेनिघाट रोराङ गा.पा.५ टिपिकल भान्छाघर अगाडीमा बोलेरो दुर्घटना हुँदा एक जना घाइते भएको छ ।
घाइते हुनेमा बोलेरो चालक चितवन भरतपुर म।न।पा। २६ क्षेत्रपुर बस्ने बर्ष ३७ बर्षिय रबिन ढकाल रहेको धादिङ प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च १६८१ नं. को तरकारी बोक्ने बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइते ढकालको उपचारको लागि राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन पाठाइएको छ ।






