अनेरास्ववियु साल्पासिलिछो गाउँपालिकामा नयाँ नेतृत्व चयन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु साल्पासिलिछो गाउँपालिका भोजपुर कमिटिको पहिलो अधिवेशनबाट डम्वर बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

गाउँपालिकामा भएको पहिलो अधिवेशनबाट विष्टको अध्यक्षतामा ४२ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरूपमा चयन भएको छ । पालिकास्तरीय कमिटिको उपाध्यक्षमा योगराज दंगाल, सोनिका तामाङ र सुविज्ञा राई हुनुहुन्छ । त्यस्तै सचिव मातृका राई, सहसचिव पुनम राई, अनिसा राई र मन्दिरा राई चयन हुनु भएको छ भने कोषध्यक्षमा गौरव राई छनौट हुनु भएको छ ।

ADVERTISEMENT

इन्जार्ज सुनिल राई र सहइन्चार्ज जीवन खत्रीलाई बनाइएको छ । अनेरास्ववियुका केन्द्रिय सदस्य प्रताप तामाङ, एमाले भोजपुर अध्यक्ष शरणकुमार राई, अखिल जिल्ला अध्यक्ष सुशील कार्कीलगायतको उपस्थितीमा अधिवेशन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज